भारतमा महत्त्वपूर्ण उपकरण आपूर्ति गर्ने डब्ल्यूएचओको तयारी

१४ बैशाख, काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा सङ्क्रमणदर र मृत्युदर बढिरहेकोप्रति चिन्ता व्यक्त गरेको छ ।

डब्ल्यू्एचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले भारतको अवस्था अत्यन्तै खराब हुँदै गएको महत्त्वपूर्ण उपकरण आपूर्ति सुनिश्चित गर्न लागिपरेको बताए ।

अक्सिजन, मोबाइल अस्पताल र ल्याबहरुको व्यवस्थापनमा ध्यान केन्द्रीत गरेर आफूहरुले काम गरेको उनले बताए ।

भारतमा पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमित निक्कै धेरै बढेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख १९ हजार ४ सय ३२ जना सङ्क्रमित थपिएका छन् । यो हिजोको तुलनामा थपिने संख्या झण्डै ३५ हजार कम हो।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६४ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार ८ सय ८० पुगेको छ ।

कोरोनाको नयाँ भेरियन्टका कारण सङ्क्रमित बढेसँगै भारतका विभिन्न अस्पतालमा अक्सिजनको अभाव भइरहेको छ भने शैया पाउन पनि मुस्किल छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top