तत्काललाई आन्तरिक उडान नरोक्ने सरकारको निर्णय, भाडा बढेर उच्च बिन्दुमा

तत्काललाई आन्तरिक उडान नरोक्ने सरकारको निर्णय, भाडा बढेर उच्च बिन्दुमा

१४ बैशाख, काठमाण्डौ । सरकारले तत्कालको लागि आन्तरिक उडान नरोक्ने भएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण उच्च देखिएको काठमाण्डौ उपत्यकासहित नौ जिल्लामा निषेधाज्ञाको निर्णय गरे पनि आन्तरिक हवाइ उडान भने नरोक्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

‘एक हप्तासम्म हेर्ने र अवस्थाको मूल्याङ्कन गरेर उडान जारी राख्ने या रोक्ने भन्ने निर्णय हुनेछ’ मन्त्री ज्ञवालीले बताए ।

यसैबीच सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा गरेसँगै हवाई भाडा बढेर उच्च बिन्दुसम्म पुगेको छ ।

धेरै गन्तव्यको लागि टिकट नै पाइन छाडेको छ र टिकट बाँकी रहेका गन्तव्यको भाडा उच्च बिन्दुमा पुगेको हो ।

बुद्ध एअरको बुधवारको धनगढी उडानको लागि भाडा ११ हजार ६ सय ८५ तोकिएको छ । नेपालगञ्जको १० हजार रुपैयाँसम्म र विराटनगरको ७२ सयसम्म पुगेको छ ।

आइतवारसम्म दुई हजार रुपैयाँबाट रहेको पोखराको भाडा बढेर ४८ सय नाघेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.