एकै विद्यालयका २५ विद्यार्थीमा एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण

१४ बैशाख ७८, मंगलबार
Share this
720shares

१४ वैशाख, अछाम ।
अछाममा एकै विद्यालयमा पढ्ने १६ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

अछाम बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीमा कोरोना देखिएको हो।

यो विद्यालयका २५ जना विद्यार्थीमा सोमबार एन्टिजेन परीक्षण गरिएको थियो। १० जना छात्र र ६ छात्रामा कोरोना पोजेटिभ देखिएको हो।

Advertisement

गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बसन्तबहादुर रावलले विद्यालयका १० जना शिक्षकको पनि स्वाब लिइएको बताए।विद्यार्थीमा कोरोना देखिएपछि शिक्षकहरूको पनि स्वाब संकलन गरिएको हो।

एक सातादेखि विद्यार्थीमा टाउको दुख्ने, खोकी लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखिएका थिए। संक्रमण देखिएका सबै विद्यार्थी होम आइसोलेसनमा छन्।

Advertisement

सोमबारदेखि नै विद्यालय बन्द गरिएको छ। गाउँपालिका भित्रका अरू विद्यालय भने खुला नै छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top