भेरी अस्पतालमा ४७६ जनाको नमुना परीक्षण गर्दा ३८३ जनामा संक्रमण

भेरी अस्पतालमा ४७६ जनाको नमुना परीक्षण गर्दा ३८३ जनामा संक्रमण

१४ वैशाख, काठमडौँ । बाँकेको भेरी अस्पतालमा ४७६ जनाको नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले जनाए अनुसार आइतबार गरिएको उक्त परीक्षणमा २०६ जना पुरुष र १७७ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

संकलित नमुनाको चाप र डाटा इन्ट्री गर्ने सफ्टवेयरमा आएको समस्याले गर्दा सोमबार साँझ सार्वजनिक हुनुपर्ने रिपोर्ट मंगलबार सार्वजनिक गरिएको अस्पतालले जनाएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सोमबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालगञ्ज मेडिकल कलेजमा १८८ जनाको नमुना परीक्षण गर्दा १४५ जना, बागेश्वरी कलेज कोहलपुरको ल्याबमा १६९ जनाको नमुना परीक्षण गर्दा १०९ जना र जमुनाहा नाकामा १६ जनाको परीक्षण गर्दा २ जनामा गरी कुल २५६ जनामा संक्रमण पुष्टि भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.