सुदूरपश्चिममा १ सय ८६ जना औलो रोगका बिरामी फेला

१४ बैशाख ७८, बुधबार

१५ बैशाख, डोटी । सुदूरपश्चिम प्रदेशमा एक सय ८६ जना औलो रोगका बिरामी फेला परेका छन् ।

Advertisement

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो ।

निर्देशनालयका अनुसार यहाँका ६ जिल्लामा चालु आर्थिक वर्षमा करिब एक सय ८६ जना औलो रोगका बिरामी फेला परेका छन् ।

Advertisement

औलो रोगको नियन्त्रणका लागि सरकारी प्रयास जारी रहे पनि यहाँका ६ जिल्लामा अझै औलो रोग पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीका अनुसार औलोका बिरामी सबैभन्दा बढी प्रदेश राजधानी समेत रहेको कैलाली जिल्लामा फेला परेका छन् ।

Advertisement

उनका अनुसार कैलालीमा चालु आर्थिक वर्षमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा ७ जना औलो रोगी फेला परेका हुन् ।

जिल्लामा स्थानीय भन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको दाबी छ ।

चालु आर्थिक वर्षमा एक सय १५ आयातित औलोका बिरामी रहेको जनाइएको छ ।

प्रदेशमा आर्थिक वर्ष २०७६÷७७ मा तीन सय २० औलोका बिरामी थिए । जसमध्ये दुई सय ५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top