सप्तरीमा यसरी मनाईयो योग दिवस

६ असार ७५, बिहीबार

विराटनगर,असार ७

चौथो विश्व योग दिवस आज विविध कार्यक्रमका बीच मनाइदैछ । सप्तरीको राजविराजमा पनि आज विविध कार्यक्रमको आयोजना गरि योग दिवस मनाइएको छ ।

Advertisement

पतञ्जली योग समिति, महिला पतञ्जली योग समिति तथा यूवा पतञ्जली योग समिति नेपालको संयुक्त आयोजनामा प्रभातफेरी तथा योग शिविरको आयोजना गरिएको छ । योग गरौं, निरोग बनौं, कपालभाती जिवन साथी अन्तराष्ट्रिय योग दिवस सफल पारौं लगायतका नाराका साथ सयौंको संख्यामा, विद्यार्थी, शिक्षक, प्रहरी, कर्मचारी तथा सर्वसाधारणसम्मिलित प्रभातफेरी नगरको परिक्रमा पश्चात् योग शिविरमा परिणत भएको थियो ।

Advertisement

शिविरमा प्रणायाम, आसन्न र प्रार्थना गरि तीन तहमा अभ्यास गराइएको थियो । योग शिक्षा व्यवहारिक रहेको र मन तथा शरीर दुबै स्वथ्य राख्ने भएकाले नियमित योग गर्न सहभागि प्रशिक्षकले सुझाव समेत दिएका छन ।

सामाजिक विकृतिको अन्त्य तथा खानपानको कारण अल्पआयूमै विभिन्न किसिमका रोगहरुको संक्रमण हुन थालेको भन्दै त्यसबाट जोगिन पनि योगको अत्यन्त महत्व रहेको उनीहरुले बताएका छन ।

विश्व योग दिवसकै अवसरमा ब्रहमकुमारी राजयोग सेवा केन्द्र सप्तरीले पनि आजै केन्द्रको सभाकक्षमा योग अभ्यास र प्रवचन कार्यक्रमको आयोजना गरि विश्व योग दिवस मनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top