च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले पीएसजीलाई हरायो

१५ बैशाख ७८, बिहीबार

१६ बैशाख, काठमाडौ । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी भएको छ ।

गएराति भएको खेलमा सिटीले पेरिस सेन्ट जर्मेन पीएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीका लागि डी ब्रुइनले खेलको ६४ औं र रियाद महरेजले खेलको ७१ औं मिनेटमा गोल गरे ।

Advertisement

पीएसजीका मार्कुन्होसले खेलको १५ औं मिनेटमा गोल गर्दै अग्रता दिए पनि त्यो जितका लागि पर्याप्त भएन ।

खेलको ७७ औं मिनेटमा पीएसजीका गना गयुयेले रातो कार्ड पाए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top