कोरोनाविरुद्धको चिनियाँ खोप लगाउने कार्य स्थगित

१६ बैशाख, काठमाडौं । सरकारले तत्कालका लागि चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने काम स्थगित गरेको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य वैशाख १६ गते आजदेखि खोप लगाउने काम स्थगित गर्ने निर्णय गरेको हो ।

यस्तै, दोस्रो डोजको कोभिसिल्ड खोप लगाउने काम पनि तत्कालका लागि रोकिएको छ ।

Advertisement

परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले कोरोना संक्रमणको बढ्दो जोखिममा खोप लगाउनका लागि हुने भीडभाडका कारण तत्काललाई कोभिड खोप कार्यक्रम स्थगित गरेको जानकारी दिए।

‘कोरोनाको बढ्दो जोखिम तथा खोप केन्द्रमा भएको भीडका कारण थप जोखिम हुने देखियो।

Advertisement

अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभर कोभिड विरुद्धको खोप कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छौँ।’उनले भने ।

भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top