मोरङका विभिन्न स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ

मोरङका विभिन्न स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ

१६ वैशाख, विराटनगर । बुधवार बेलुका मोरङ प्रहरीले बिभिन्न स्थानबाट लागूऔषध सहित३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी ७ का २२ बर्षीय दिपक धिमाल, सोही स्थानका २२ बर्षीय प्रकास थापा र केराबारी १० का ३१ बर्षीय प्रेम बहादुर राई रहेका छन् ।

धिमाल र थापालाई प्रहरी चौकी झुर्किया र ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई ६ आमबारी चोकबाट निट्राभेट-१० ५४ क्याप्सुल, ट्रामाडोल– ९८ क्याप्सुल, स्पास्पेन-१४ क्याप्सुल र ब्राउन सुगर २९० मिलीग्राम सहित पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितमा राईलाई लागूऔषध एभिल १० एम्पुल र डाईजाल्याब ९ एम्पुल सहित पक्राउ गरेको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.