भारतबाट प्रतिस्पर्धी दरमा विद्युत आयात सुरु

१८ बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न सुरु गरेको छ ।

Advertisement

प्राधिकरणले आज राति १२ बजेबाट २ सयदेखि २ सय ५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेञ्ज बजारबाट खरिद गरी ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्ने छ।

योसँगै भारतीय ऊर्जा एक्सचेञ्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए ।

Advertisement

पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत खरिद गर्न प्राधिकरण सफल भएको कार्यकारी शाक्यले उल्लेख गरे ।

शाक्यले सबै शुल्कसहित विद्युतको प्रतियुनिट मूल्य ३ रुपैयाँ ८१ पैसा भारतीय रुपैयाँ रहेको उल्लेख गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top