२० वैशाख, धादिङ । स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण बढेपछि धादिङ अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।
धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको हो ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै आपतकालीन सेवा बन्द गरिएको जनाएको छ । स्वास्थ्यकर्मीहरुमा कोरोना पुष्टि भएर आइसोलेशनमा बसेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र सेवाग्राहीमा थप कोरोना सङ्क्रमण बढ्न नदिन सावधानी अपनाउँदै अस्पतालले ओपीडी सेवा बन्द गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।
अस्पतालले तत्काल स्वास्थ्य उपचार गर्नुपर्ने तथा अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीहरुलाई मात्र उपचारको लागि आउन आग्रह गरेको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र अस्पताल आउन तथा अत्यावश्यक नपरी नआउन पनि अस्पतालले आग्रह गरेको छ ।