प्रहरी अस्पतालमा अक्सिजन उत्पादन शुरु

२१ बैशाख, काठमाडौं । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन शुरु गरिएको छ । उक्त अस्पतालले दैनिक १४० सिलिण्डर उत्पादन क्षमताको ‘डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ सञ्चालनमा ल्याएको हो ।

Advertisement

यहाँ प्रतिसिलिण्डर ४६ लिटर अक्सिजन क्षमता रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार अस्पतालमा खपद हुनेभन्दा बढी अक्सिजन उत्पादन हुने भएकाले महामारीको समयमा अन्य क्षेत्रमा माग अनुसार अक्सिजन वितरण हुनेछ ।

कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिण्डर फिलिङस्टेशन लगायतका उपकरण राखिएको उक्त सिस्टम ‘युनाइटेड नेशन अफिस फर प्रोजेक्ट सर्भिसेज’ (युएनओपिएस) को सहयोगमा करिब रु तीन करोड लागतमा सञ्चालनमा ल्याइएको हो ।

Advertisement

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज उक्त सिस्टमको निरीक्षण गर्दै यसले काम गर्ने पद्धतिबारे जानकारी लिए । उहाँले अस्पतालका विभिन्न विभाग कोभिड–१९ बाट सङ्क्रमितको उपचार सेवा, नयाँ थप भएका वेड, पिसिआर परीक्षणस्थल लगायतको समेत निरीक्षण गरे।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अक्सिजन सिस्टम निर्माणमा सहयोग पुर्याउने संस्थालाई धन्यवाद दिँदै यसबाट अस्पतालको उपचार पद्धति तुलनात्मक रुपमा अझै राम्रो हुने विश्वास व्यक्त गरे ।

Advertisement

अस्पतालको सेवालाई उत्कृष्ट बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय हुनुपर्ने र यसका लागि प्रहरी प्रधान कार्यालयको पूर्ण साथ र सहयोग कायम रहने उनले बताए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालले उत्कृष्ट सेवा दिने र बिरामी निको पार्ने विषयमा सबैले एकिकृत प्रयास गरी काम गर्नुपर्ने बताए । राम्रो सेवा, असल व्यवहार र उपलब्ध साधन स्रोत तथा जनशक्ति व्यवस्थापनमा अझै सुधार गर्दै समूहगत रुपमा लाग्दा वर्तमान महामारीलाई परास्त गर्न सहज हुने उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top