×

NEPAL TIMES UPDATES

Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026

भारतको पश्चिम बङ्गालमा भड्किएको हिंसामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो

२२ बैशाख २०७८

२२ वैशाख, काठमाडौँ । भारतको पश्चिम बङ्गाल राज्यमा भएको विधानसभाको चुनावपछि भड्किएको हिंसामा परेर ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ ।

विधानसभाको चुनावमा ममता बनर्जीको पार्टी तृणमूल कंग्रेस (टीएमसी) ले झण्डै दुई तिहाइ मतसहित विजय हात पारेपछि हिंसा भड्किरहेको छ ।

Advertisement
Advertisement

गएको २४ घण्टामा राज्यका विभिन्न क्षेत्रमा थप तीन जनाको ज्यान गएसँगै हिंसामा ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको बीबीसीले जनाएको छ ।

ज्यान गुमाएकामध्ये नौ जना आफ्ना कार्यकर्ता भएको भारतीय जनता पार्टी (बीजेपी) ले दाबी गरेको छ भने सात जना आफ्ना कार्यकर्ता रहेको टीएमसीले जनाएको छ ।

बाँकी एक व्यक्ति इन्डियन सेक्युलर फ्रन्टका कार्यकर्ता भएको बताइएको छ ।

दुवै पार्टीले हिंसाको आरोप एकअर्कालाई लगाएका छन् । पश्चिम बङ्गालका कयौँ ठाउँमा आगलागी र तोडफोडका घटना भइरहेका छन् ।

Advertisement
Advertisement

आज मात्रै शपथ लिनुभएकी पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले ठूलो हारपछि भाजपाले साम्प्रदायिक हिंसा भड्काएको र राष्ट्रपति शासन लगाउने कोसिस गरेको आरोप लगाएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top