सुन्धाराको होटलमा लगेर बालिकालाई बलात्कार, एक पक्राउ

सुन्धाराको होटलमा लगेर बालिकालाई बलात्कार, एक पक्राउ

२२ बैशाख, काठमाडौं । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित ढोरपाटन होटलमा ललाई फकाई ती बालिकालाई लामाले लगेर २ दिनसम्म राखी पटक–पटक जबरजस्ती करणी गरेको बुझिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.