चीनको अनियन्त्रित रकेट मालदिभ्सनजिकै हिन्द महासागरमा खस्यो

FILE PHOTO: The Long March-5B Y2 rocket, carrying the core module of China's space station Tianhe, takes off from Wenchang Space Launch Center in Hainan province, China April 29, 2021. China Daily via REUTERS ATTENTION EDITORS - THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. CHINA OUT./File Photo

२६ वैशाख, एजेन्सी ।
अन्तरिक्षमा अनियन्त्रित बनेको चीनको सबैभन्दा ठूलो रकेट मालदिभ्सनजिकै हिन्द महासागरमा खसेको छ ।

रकेटको धेरैजसो भाग वायुमण्डलमै जलेको स्पेस इन्जिनियरिङलाई उद्धृत गर्दै चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

अन्तरिक्षमा चासो राख्ने संसारका थुप्रै मानिसले चीनको ‘लन्ग मार्च फाइभ बी’ अन्तरिक्षयानलाई लिएर विभिन्न अनुमान गरिरहेका थिए । चीनले उक्त रकेट गत २९ अप्रिलमा हाइनान द्वीपबाट प्रक्षेपण गरेको थियो ।

अमेरिकी स्पेस कमाण्डले पनि रकेट वायुमण्डलमा प्रवेश गरेको कुरा पुष्टि गरेको छ । यो रकेटका भागहरू पृथ्वीमा झर्ने कुरालाई लिएर चिन्ता थियो । रकेट करिब १८ टन थियो ।

दसकौंयता पृथ्वीको वायुमण्डमा अनियन्त्रिभ भई झरेको यो सबैभन्दा ठूलो वस्तु हो ।