मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

झापा, असार ९

झापाको शिवसताक्षी नगरपालिकामा शुक्रबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा मोटरसाइकलका चालक ईलाम चुलाचुली गाउँपालिका १ बस्ने ३५ वर्षीय ईन्द्र कुमार राई रहेका छन्।

मे ६ प ७६०५ नम्बरको राई सवार मोटरसाइकल अपरान्ह ४ बजेतिर शिवसताक्षी नगरपालिका १ कमलपुरमा अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका लागी बिएण्डी अस्पताल बिर्तामोड लैजानेक्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.