×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संसदलाई बचाउने हो भने मलाई मतदान गर्नुसः प्रधानमन्त्री

२७ बैशाख २०७८

२७ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरुद्ध भ्रमपुर्ण हल्ला फैलाउने काम नगर्न चेतावनी दिएका छन् ।

आफ्नो विश्वासको मतको प्रस्तावका सम्बन्धमा सदनमा आएको जिज्ञासाको जवाफ दिदै उहाँले आवेश, उत्तेजना र झुट जालझेलको राजनीति नगर्न सचेत गराएका हुन् ।

Advertisement
Advertisement

कोभिड १९ संक्रमणको जोखिममा मुलुक परिरहेका बेला मिलेर अघि बढ्नुपर्ने बेलामा तनाब बढाउने, अनेकता तर्फ देशलाई लैजाने परिस्थिति होइन ।

उनले नेपालको राजनीति माखे सांङलो जस्तो भएको भन्दै देशलाई बनाउने किसिमको राजनीति गर्न सबैलाई सुझाव दिए । असमानता र विभेदको अन्त्य गर्ने काममा सरकार लागेकाले मित्थ्या आरोपको खेती नगरि तनाब बनाउने काम नगर्न पनि उनले सचेत गराए ।

उनले केही समय अघि लोकतान्त्रिक पद्ध्ति विरुद्ध आन्दोलनरत रहेकाले लोकतान्त्रिक आन्दोलनको चिन्ता गरेकोमा आफुलाई खुसी लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति व्यंग गरे ।

कहिलेकाहीँ देशको आवश्यकता एकातिर र संसदीय गणित अर्कोतिर हुने गरेको भन्दै उनले चुनाव हुँदा लोकतन्त्र खतरामा नपर्ने बताए । उनले संसदको स्थायीत्वका लागि आफुलाई मतदान गरि संसदलाई बचाउन पनि आग्रह गरे ।

उनले भने “संसद विघटन होला कि भन्ने चिन्ता छ । मत दिनुहोस् न कसरी विघटन हुन्छ ? ” उनले आफुले सबैभन्दा ठूलो, धेरै जनमत र सिट भएको पार्टीको हैसियतले आफुले सरकारको नेतृत्व गर्ने हक राख्ने बताए ।

उनले नेपाल खनाल पक्षका सांसदहरु सदनमा उपस्थिति नभएको कुरा पनि आफुले बुझेको बताए । संवाद,सहमति र समझदारीका साथ देश अघि बढ्न आवश्यक रहेको भन्दै विगतका कुरा छोडेर नयाँ ढंगले अघि बढ्न पनि उनले प्रस्ताव गरे ।

उनले खुट्टा तान्ने मात्रै नभई कोभिड विरुद्धको लडाई, देशको राजनीतिक स्थिरताका लागि एकजुट भएर अघि बढ्न पनि आग्रह गरे ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top