गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

२७ बैशाख, गण्डकी । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन उनले आइतबार नै राजीनामा दिएपछि छलफल गर्न आवश्यक नभएपछि अन्त्य गरिएको हो ।

प्रदेश प्रमुखको कार्यालयबाट विशेष अधिवेशन आजै १०ः०० बजेबाट अन्त्य भएको पत्र प्राप्त भएको प्रदेशसभाका सचिव हरिराज पोखरेलले जानकारी दिए । प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरिसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.