महन्थ ठाकुरले भने – ‘हामी पक्ष वा विपक्ष दुवैमा छैनौँ

महन्थ ठाकुरले भने – ‘हामी पक्ष वा विपक्ष दुवैमा छैनौँ

२७ बैशाख, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मत लिने प्रस्तावमा आफूहरु तटस्थ बस्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ठाकुरले आफ्नो माग पूरा नभएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा विपक्ष दुवैमा नभएको प्रष्ट पारेका हुन् ।

राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता लिइएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने उनको माग छ ।

‘हामी विश्वासको मत लिने प्रस्तावको पक्षमा पनि छैन र विपक्षमा पनि छैन’ उनले भने, ‘हाम्रो सांसद रेशम चौधरीलाई हामी यो बैठकमा हेर्न चाहान्थ्यौं तर उहाँ जेलमा हुनुहुन्छ । हाम्रा धेरै साथीहरु तारेखमा हुनुहुन्छ किनकी यही संविधानको कारणले ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.