प्रधानमन्त्री ओलीले भने – विश्वासको मत नपाए मार्ग प्रशस्त गरिदिन्छु

प्रधानमन्त्री ओलीले भने – विश्वासको मत नपाए मार्ग प्रशस्त गरिदिन्छु

२७ बौशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले आफूलाई विश्वासको मत नदिए मार्ग प्रशस्त गरिदिने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आफूले प्रस्ताव गरेको विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै प्रधानमन्त्री ओलीले विकल्प प्रस्तुत गर्नकै लागि आफूले विश्वासको मत लिन लागेको बताएका हुन् ।

‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन संसदले आदेश दियोस्। छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त हुन्छ।’ ओलीले भने।

आफूले नै सरकारको नेतृत्व गर्न जरुरी नरहेको तर, सबैभन्दा ठूलो पार्टीको हैसियतले पनि आफूले सबै पक्षलाई अघि बढाउँछु भन्ने हिसावले विश्वासको मत मागेको उनको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.