९० हजारलाई सहुलियत कर्जा

२७ बैशाख ७८, मंगलबार

२८ बैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) का कारण बेरोजगारी बढिरहेको अवस्थामा सहुलियत कर्जा लिने बढेका छन्। यसले उद्यमशीलताका साथै रोजगारी सिर्जना गर्न टेवा पुगेको छ ।

गत वर्षको तुलनामा चार गुणा बढीले सहुलियत कर्जा उपयोग गरेका छन्। सरकारले चालू आर्थिक वर्षको बजेट तथा राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा कर्जामा कडा नीति अवलम्बन गरेपछि चार गुणा बढीले सहुलियत कर्जा पाएका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत्रसम्म ८९ हजार ८ सय ७९ जनाले सहुलियत कर्जा पाएका छन्। उनीहरूले १ खर्ब ४२ अर्ब २ करोड ३० लाख कर्जा पाएका छन्।

Advertisement

जबकि २०७६ चैत्रसम्म २० हजार ७ सय ९२ जनाले ४७ अर्ब ६२ करोड ३८ लाख रुपैयाँ सहुलियत कर्जा पाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top