गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी

२९ बैशाख, काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीले बहुमत दाबीसहित पत्र दर्ता गराएका छन् ।

बुधबार प्रदेश प्रमुख सीता नेपालीलाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् ।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न माग गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.