गण्डकी प्रदेशमा थप १४ जना संक्रमितको मृत्‍यु

३० वैशाख, पोखरा । गण्डकी प्रदेशमा थप १४ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोद विन्दु शर्माका अनुसार मृतकमध्‍ये ८ जना कास्की, ४ जना बागलुङ तथा १÷१ जना दाङ र म्‍याग्दी जिल्लाका छन् ।

चरक अस्पतालमा उपचाररत पोखरा महानगरपालिका १७ का ७३ वर्षीय पुरूषको वैशाख २८ गते, पोखरा महानगरपालिका ७ की ४५ वर्षीय महिलाको २८ गते र पोखरा महानगरपालिका १७ का ४४ वर्षीय पुरूषको २९ गते मृत्‍यु भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका– ८ का ५० वर्षीय पुरूषको वैशाख ३० गते बिहान ३ः ४५ बजे, पोखरा महानगरपालिका–१५का ६५ वर्षीय पुरूषको वैशाख ३० गते विहान ७ बजे र पोखरा महानगरपालिका १७ का ३० वर्षीय पुरूषको वैशाख ३० गते दिउँसो १ ः १५ बजे मृत्यु भएको छ ।

यस्तै पोखरा महानगरपालिका १२ का ७८ वर्षीय पुरूषको फिस्टेल अस्पतालमा उपचारका क्रममा वैशाख २९ गते विहान ढः २० बजे र पोखरा महानगरपालिका २६ का ६९ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पतालमा वैशाख ३० गते दिउँसो १२ः१० बजे मृत्‍यु भएको छ ।

यस्तै धौलागिरी अस्पतालमा उपचारर बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरूषको वैशाख ३० गते विहान ७ बजे, बागलुङकै गलकोट नगरपालिका–२ का ५२ वर्षीय पुरूषको वैशाख ३० गते विहान १० ः३० बजे, ढोरपालटन नगरपालिका–९का ५७ वर्षीय पुरूषको वैशाख ३० गते विहान ११ः४५ बजे र गलकोट नगरपालिका–३, बागलुङकै ४० वर्षीय पुरूषको वैशाख ३० गते दिउँसो २ः१० बजे मृत्‍यु भएको छ ।

यस्तै दाङ, लालमटिया–१का ८० वर्षीय पुरुषको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा वैशाख ३० गते दिउँसो २ः४० बजे र म्‍याग्दीको बेनी नगरपालिका–५का ४० वर्षीय पुरूषको वैशाख २९ गते साँझ ५ बजे बेनी अस्पतालमा उपचारका क्रममा मृत्‍यु भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रम०बाट मृत्‍यु हुनेको संख्या ३१८ पुगेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top