कोभिसिल्डको दोस्रो मात्रा १२ देखि १६ हप्तासम्म लगाउँदा हुने

३१ वैशाख, एजेन्सी ।

Advertisement

भारतमा उत्पादन भएको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रोको प्रतीक्षामा रहेकाहरुका लागि राहतको खबर छ।

पहिलो खोप लगाएको ६ देखि ८ हप्ताभित्र दोस्रो खोप लगाउनुपर्ने चिकित्सकहरुले सुझाव दिँदै आएका थिए। त्यसैले पहिलो खोप लगाएकाहरु दोस्रो खोप नपाउने त्रासमा छन्। ६ देखि ८ सातामा दोस्रो खोप नलगाउने हो त्यसले जति काम गर्नुपर्छ, सक्दैन भनिएको थियो।

Advertisement

बिहीवार भारतको स्वास्थ्य मन्त्रालयले दोस्रो खोपको समय बढाउन सकिने जनाएको छ। विज्ञहरुको सुझावलाई आधार बनाउँदै भारतीय स्वास्थ्य मन्त्रालयले अब पहिलो खोप लगाएको १२ देखि १६ हप्तामा दोस्रो खोप लगाउन भनिएको छ।

नेसनल टेक्नोलोजी एड्भाइजर ग्रुपले दिएको सुझावको आधारमा पहिलो र दोस्रो खोप लगाउने अवधिको अन्तर बढाइएको हो। तर कोभोक्यासिनको पहिलो र दोस्रो डोजबिचको अवधि भने यथावत नै राखिएको छ।

Advertisement

नेपालमा पहिलो चरणमा लगाइएको खोप भारतको सिरम इन्स्टिच्युटमा उत्पादित कोभिसिल्ड हो। ६० वर्षभन्दा माथि उमेरका समूहमा पहिलो चरणमा यो खोप लगाइएको छ।

तर, खोप आयात प्रकृया नै अवरुद्ध भएका कारण दोस्रो खोप कहिले भन्ने यकिन हुन सकेको छैन। यस्तो अवस्थामा दोस्रो मात्राको खोप लगाउने अवधि बढाउन सकिने देखिनु खुशीको खबर बन्न पुगेको हो।

अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिकाले तयार पारेको कोभिसिल्ड ब्रान्डको थप खोप ल्याउने विषय कमिसन विवादुका कारण अगाडि बढ्न सकेको छैन।

भारतमै कोभिड १९ संक्रमितको संख्या डरलाग्दो गरी बढेकाले पनि खोपको माग र आपूर्तिमा पूरै असन्तुलन छ। नेपालले खोपका लागि पैसा तिरिसके पनि पाउन सकेको छैन।

कोभिसिल्डको खोप अन्तर बढेको भए पनि भारतमा नै उत्पादित कोभ्याक्सिनको भने अन्तर यथावत राखिएको छ। यो भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँगको सहकार्यमा तयार पारेको खोप हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top