बेवारिसे ३५० गाईबाछाको उद्धार

३१ बैशाख ७८, शनिबार

१ जेठ, काठमाडौं ।

Advertisement

असहाय गाईबाछा संरक्षण अभियानले बितेका दुई वर्षमा सडक पेटीका बेवारिसे ३५० गाईबाछा विभिन्न स्थानबाट उद्धार गरी व्यवस्थापन गरेको छ । अभियानले उद्धार गरी छाना, खाना र उपचारको उचित प्रबन्धको सुनिश्चिततासमेत गरेको छ ।

खान नपाएर दुब्लाएका, पानी पिउन नपाएका, सडक दुर्घटनामा घाइते बनेका, सानो उमेरमै बाटामा फालिएका, रेबिज रोग लागेका र अनेक किसिमले दुव्र्यवहारमा परेका गाईबाछाको संरक्षणका लागि २०७६ जेठ १ गते अभियान शुरुआत गरिएको थियो ।

Advertisement

वाग्मती सफाइका क्रममा हरेक दिन कम्तीमा एउटा बाछाको अन्त्येष्टि गर्नुपरेको अनुभव समेट्दै अब उनीहरुले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने हेतुले अभियान थालनी गरिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

अभियानले स्थानीय सरकारले प्रत्येक नगर या गाउँपालिकामा एउटा कान्जिहाउस स्थापना गर्नुपर्ने, कृषि क्षेत्रमा लगानी गर्दा बाछा व्यवस्थापनको जिम्मेवारी सरकार स्वयंले बहन गर्नुपर्ने, राष्ट्रिय जनावर वा तिनका सन्तानमाथिको क्रूरतालाई कानूनी रुपमा दण्डित गरिनुपर्ने, एउटा स्थानीय एकाइबाट अर्को एकाइमा गाईबाछा ओसारपसारमा स्थानीय तहको अनुमति अनिवार्य गर्नुपर्ने माग गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top