×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चक्रवातका कारण भारतको गुजरातमा तीन जनाको ज्यान गयो, १६ हजारभन्दा धेरै झुपडी भत्किए

४ जेष्ठ २०७८

४ जेठ, एजेन्सी ।

अरब सागरमा विकसित शक्तिशाली चक्रवातका कारण भारतको गुजरात राज्यको जनजीवन पनि अस्तव्यस्त भएको छ । तीव्र गतिको हावाहुरी र ठूलो वर्षाका कारण गुजरातमा तीन जनाको ज्यान गएको छ ।

Advertisement
Advertisement

हवाहुरी र वर्षाका कारण ४० हजारभन्दा धेरै रुख भाँचिएका छन् भने १६ हजार पाँच सयभन्दा धेरै झुपडी भत्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि चक्रवातका कारण मुम्बईमा १२ जनाको ज्यान गएको थियो भने एक लाख ५० हजार जना विस्थापित भएका थिए ।

यसैबीच खराब मौसमसँग जुध्दै भारतीय जलसेनाले मुम्बईमा अरब सागरबाट एक सय ७७ जनाको उद्धार गरेको छ । ती सबै जना ढुङ्गामा सवार थिए र चक्रवातका कारण समुद्रमा अड्किएका थिए ।

Advertisement

चक्रवातले पारेको असरबारे केन्द्रीय गृह मन्त्री अमित शाहले गुजरात, महाराष्ट्र र राजस्थानका मुख्यमन्त्रीसँग छलफल गर्नुभएको छ । केरला, कर्नाटक, गोवा र महाराष्ट्रपछि सोमवार राति चक्रवात गुजरातमा प्रवेश गरेको थियो । अबको केही घण्टापछि चक्रवात कमजोर हुँदै जाने अनुमान गरिएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top