थप ३० वटा अस्पतालमा कोरोनाको निःशुल्क उपचार

६ जेठ, काठमाडौं ।

Advertisement

थप ३० वटा अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने भएको छ । कोभिड–१९ केयर युनिट सञ्चालन गर्न ३० वटा अस्पतालसँग सम्झौता गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार प्रदेश–१ को नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश–२ का नेशनल मेडिकल कलेज, वीरगञ्ज र जानकी मेडिकल कलेज, जनकपुरसँग सम्झौता भएको छ ।

Advertisement

त्यस्तै, वाग्मती प्रदेशका सिभिल अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, नेपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, पिपुल्स डेन्टल कलेज तथा डेन्टल अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, काठमाण्डौ नेशनल मेडिकल कलेज र महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन हुनेछ ।

यस्तै, वाग्मती प्रदेशकै समिट अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, नेपाल भारत मैत्री अस्पताल, बज्रबाहिनी चापागाउँ अस्पताल, आनन्दवन अस्पताल, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ मेडिसिन साइन्स र मेडिकेयर अस्पतालमा कोभिड–१९ केयर युनिटका लागि सम्झौता भएको छ ।

Advertisement

यसैगरी गण्डकी प्रदेशका गण्डकी मेडिकल कलेज र मनिपाल कलेज अफ मेडिकल साइन्स तथा लुम्बिनी प्रदेशका युनिभर्सल कलेज अफ मेडिकल साइन्स र रेसुङ्गा अस्पतालसँग सम्झौता भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिमका निसर्ग अस्पताल तथा अनुसन्धान केन्द्र, मायामेट्रो अस्पताल, श्री पद्मा अस्पताल, कैलाली अस्पताल, नवजीवन अस्पताल र सुदूरपश्चिम सामुदायिक अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने सम्झौता भएको छ ।

कोरोनाका बिरामीलाई उपचार गर्नका लागि अन्य अस्पतालसँग पनि कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top