पश्चिम राप्ती, कर्णाली र महाकालीमा पानीको बहाव बढेसँगै बाढीको चेतावनी

पश्चिम राप्ती, कर्णाली र महाकालीमा पानीको बहाव बढेसँगै बाढीको चेतावनी

७ जेष्ठ, काठमाडौँ । पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढेसँगै बाढीको चेतावनी जारी भएको छ ।

तीन वटा नदीमा पानीको बहावले खतराको तह पार गरेको र थप पानी परिरहेकाले चेतावनी जारी गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

बाँँके, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट र आसपासका जिल्लाहरुमा ठूलो पानी परिरहेको र दिउँसो पनि पानी पर्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।

ताउ–ते चक्रवातको प्रभावका कारण सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । अहिले देशका धेरैजसो ठाउँको मौसम बद्ली भएको छ भने केही ठाउँमा पानी परिरहेको छ ।

आज बेलुकीदेखि मौसम खुल्न थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ताउ–ते चक्रवातको प्रभाव कम भए पनि प्रि–मनसुनको समय भएकाले दिउँसोपख पछि बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना भने रहने महाशाखाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.