जसपामा कारबाहीको होडबाजी

९ जेठ ७८, सोमबार

१० जेठ, काठमाडौं ।

फुटनजिक पुगेको जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ ।

सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता दुई समूहमा विभाजित भएपछि आन्तरिक विवाद चर्किंदै गएको हो । विवाद उत्कर्षमा पुगेकै बेला एकाले अर्को पक्षलाई कारबाही र अर्को पक्षले निर्णय अवज्ञा गर्नेक्रम बढेको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता एवं संसदीय दलका नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्दै अघि बढिरहेका छन् ।

तर, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई समूह विपक्षी गठबन्धनसँग सहकार्य गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा सहभागी छन् ।

पार्टीशीर्ष नेता नै दुई समूहमा विभाजित भएपछि जसपा फुट्ने सम्भावना बढेर गएको छ । फुटनजिक पुगेको जसपा अध्यक्ष यादव समूहले पार्टी नेतालाई कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

यादव समूह कार्यकारिणी समिति बैठकले पार्टी हितविपरीत कार्यमा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिएका छन् ।

पार्टी नीति, सिद्धान्त, विचार, एजेन्डा, विधान र कार्यदिशाविपरीत कार्य गर्दै÷गराउँदै हिँड्ने अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, कार्यकारिणी समिति सदस्यद्वय लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधिएको छ ।

त्यस्तै, ‘प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने स्पष्ट गरिएको’ खतिवडाले बताए । उनका अनुसार पार्टीविरोधी गतिविधिमा संलग्न अन्यबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारबाही प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

शनिबार र आइतबार बसेको बैठकले पार्टी कार्यकारिणी समिति बैठक बोलाउने र निर्णय प्रमाणितलगायत अधिकार अध्यक्ष यादवलाई दिने निर्णय गरेको छ । बैठकले पार्टी संसदीय दलको विधान अझै अनुमोदन नगरेकाले ‘कोही पनि दलको नेता चयन भएको खबर अफवाह भएको’ पनि जनाएको छ ।

यसैगरी, कर्ण र शुक्ल सदस्य रहेको कुनै कार्यदल नबनाइएको पनि स्पष्ट पारिएको छ । ठाकुर र महतो समूहले सरकारसँगको सहमतिअनुसार कर्ण र शुक्ल सदस्य रहनेगरी संविधान संशोधन कार्यदल गठन गराएपछि यादव समूहले कुनै कार्यदल नबनेको जनाएको छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top