११ जेठ, काठमाडौं ।
कोरोना संक्रमण तीव्ररूपमा बढिरहेका बेला अझै २ करोड १२ लाख ३ हजार १ सय ८० जना नागरिक पहिलो र दोस्रो (दुवै) मात्रा खोप लगाउनबाट वञ्चित छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २६ लाख ६५ हजार ९ सय ८७ मात्रा खोप लगाइएको छ । जसमध्ये पहिलो र दोस्रो मात्रा ५ लाख ५३ हजार ५ सय ८९ जनाले लगाएका छन् ।
कोभिड १९ खोपको लक्षित समूहको प्राथमिकीकरणलाई आधार मान्दा २ करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउनुपर्ने हुन्छ ।
हालसम्म प्राप्त ३२ लाख ४८ हजार खोप प्राप्त भएकोमा २६ लाख ६५ हजार ९ सय ८७ मात्रा खोप लगाइसकीएको छ । जस अनुसार पाँच लाख ८२ हजार १३ मात्रा खोप बाँकि रहेको देखिन्छ ।
यस्तै, खोप लगाउनबाट वञ्चित भएकाले यथाशीघ्र खोप दिलाउन सरकारसँग माग गर्दै आएका छन् । उनीहरूले खोप उपलब्ध गराउन सरकार गम्भीर नभएको बताएका छन् ।
यस्तै, स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोकथामविरुद्धको खोप निकट भविष्यमै लगाउने तयारी थालिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार त्यसका लागि बिभिन्न राष्ट्रलाई पत्राचार गरिएको छ ।