सिंहदरबारमा देउवा, प्रचण्ड, माधव र उपेन्द्रबीच छलफल जारी

सिंहदरबारमा देउवा, प्रचण्ड, माधव र उपेन्द्रबीच छलफल जारी

११ जेठ, काठमाडौं ।

विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा जारी छ । बैठक दिउँसो २ः४० बाट सुरु भएको स्रोतले बतायो।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

विपक्षी गठबन्धनका सांसदले हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र संसद् विघटन पुनःस्थापनाको माग गर्दै १४६ सांसद उपस्थित भएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसैबीच देउवाले बुधबार बिहान ९ बजे बुढानिलकण्ठमा बस्ने गरी पार्टी पदाधिकारी बैठक पनि बोलाएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.