नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा

१२ जेठ, काठमाडौं ।

Advertisement

चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच भएको टेलिफोन वार्तामा चीनले नेपाललाई दश लाख डोज खोप अनुदान सहायतामा उपलब्ध गराउने घोषणा गरेको हो ।

Advertisement

चिनियाँ राष्ट्रपति सी जिनपिङले टेलिफोन वार्ताका क्रममा नेपाललाई १० लाख डोज खोप अनुदान सहायतामा उपलब्ध गराउने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिए ।

सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने भएको हो । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top