मालीका राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएर सेनाले राजीनामा गर्न लगाए

१३ जेष्ठ, एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएर राजीनामा दिन लगाएको छ।

समाचार संस्था रोयटर्सका अनुसार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई सेनाले राजीनामा दिन लगाएको हो। उनीहरूलाई सेनाले सोमबार नियन्त्रणमा लिएर राजधानी बामाकोबाहिर काटीस्थित सेनाको गणमा राखेको थियो।

दुई दिन सैनिक नियन्त्रणमा रहेका उनीहरूले बुधबार राजीनामा दिएको मालीका उपराष्ट्रपति तथा सैनिक शासक बाबा सिसेका सहयोगीले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

Advertisement

उनका अुनसार राजीनामा दिएकाहरूलाई रिहा गर्ने र नयाँ सरकार बनाउनेबारे ’नेगोसिएसन’ भइरहेको छ। अन्तर्राष्ट्रिय समुदायले नियन्त्रणमा लिइएका नेताहरूलाई बिनासर्त रिहा गर्न गरेको आग्रहलाई बेवास्ता गर्दै सेनाले उनीहरूलाई राजीनामा दिन बाध्य पारेको हो।

केही दिनअघि सरकार पुनर्गठन हुँदा सेनाका दुई उच्च अधिकारीहरूको पद फेरिएको केही घन्टामै सेनाले उनीहरूलाई नियन्त्रण लिएको हो।

Advertisement

यसअघि गत भदौमा सेनाले तत्कालीन राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो। सेनाको नयाँ कदमले उत्तरी क्षेत्रमा अलकायदा र इस्लामिक स्टेटले ठूलो क्षेत्र नियन्त्रणमा राखेको मालीमा थप अस्तव्यस्तता ल्याउने देखिएको छ।

राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने सरकारलाई १८ महिनासम्म अन्तरिम सरकार चलाउने र चुनाव गरेर नागरिक शासन फिर्ता ल्याउने जिम्मेवारी दिइएको थियो। यो बीचमा उनीहरूको सेनासँग असन्तुष्टि बढेको थियो। मुख्य पद सेनाले आफ्नो नियन्त्रणमा राख्न थालेपछि उनीहरू असन्तुष्ट थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top