च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई

च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई

१६ जेठ, काठमाडौं ।

इङ्ग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.