१८ जेठ, बर्दिया ।
बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ ।
बाघको आक्रमणबाट मधुवन नगरपालिका–५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको ज्यान गएको हो ।
थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल–भारत सीमा नजिकै रहेको सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए ।
डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगिसकेका र मृतक महिलाको शव फेला परिसकेको प्रहरीले जनाएको छ। दिउँसै बाघको आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।