कालो कोटमा होइन कालो सोचमा समस्या छः विश्वप्रकाश शर्मा

१७ जेठ ७८, मंगलबार

१८ जेष्ठ, विराटनगर ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको सोच कालो रहेको बताएका छन्।

प्रधानमन्त्रीले सर्वोच्च अदालतमा सुनुवाई जारी रहेका बेला बहसमा उत्रेका अधिवक्ताहरुमाथि आक्रोश पोखेपछि शर्माले यसको जवाफ फर्काएका छन्।

सोमवार युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा न्यायाधीशमाथि विपक्षी गठबन्धनका कानुन व्यवसायीले उठाएको प्रश्नप्रति आक्रोश पोखेका थिए।

‘वकिलहरूले न्यायाधीश तय गर्ने अब ?’ ओलीले प्रश्न गरे, ‘कस्तो न्यायिक सिस्टम हामी तय गर्दैछौं ? कालो कोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ? बडो गम्भीर विषय छ।’

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गठन गरेको ५ सदस्यीय (जबरा, आनन्दमोहन भट्टराई, दीपककुमार कार्की, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ) इजलासमाथि विपक्षी गठबन्धनका १४६ सांसद निवेदन रहेको रिटमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएका छन्।

केसी र श्रेष्ठको निष्ठामाथि प्रश्न उठाउँदै इजलासमा नबस्न माग गरेका छन्। यहीँ विषयमा प्रधानमन्त्रीले टिप्पणी गरेका हुन्।

‘केही कालोकोट लगाएका व्यक्तिहरू अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान गरिमा, त्यसको पनि किञ्चित ख्याल नराख्ने वकिलहरूले लेखेर ल्याएको, उनीहरूले पढेर सुनाउ भनेको न्यायाधीश चाहियो? उहाँहरू त्यही चाहिरहनुभएको छ।

हामीले लेखेर दिएको फैसला पढि सुनाउने न्यायाधीशबाहेकलाई हामी मान्दैनौँ भन्दैछन्। यसले न्यायालय कुन अवस्थामा पुग्छ,’ ओलीले प्रश्न गरे। प्रधानमन्त्रको प्रश्नमा कांग्रेस प्रवक्ता शर्माले समस्या कालो कोटमा नभएर कालो सोचमा रहेको तर्क दिएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्ः कालो कोट मा होइन कालो सोच मा समस्या छ। प्रधामन्त्रीज्यु, व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको भावनात्मक उत्तेजना सदैब निन्दनीय हुन्छ ।

प्रधानमन्त्रीप्रति लक्षित उनको ट्विटमा अझै पदको गरिमा खस्काउने खालको अभिव्यक्ति ओलीले रोक्नुपर्ने सुझावसमेत शर्माले दिएका छन्।

अरु बोले अराजक अभिव्यक्ति, आफु बोले अभिव्यक्ति स्वतन्त्रता? विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान?

सम्माननीय प्रधानमन्त्रीज्यु, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ,देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब, उनले भनेका छन्।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top