१८ जेठ, मकवानपुर ।
बाल यौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आठ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा थाहा नगरपालिका–६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
राजुले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई यौन दुरुपयोग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।