१८ जेठ, काठमाडौं ।
नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेका स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।
बैठकमा आफ्नो पक्षबाट पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
यस्तै, बैठकमा प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसमाथि पनि समिक्षा भएको छ ।