१८ जेठ, काठमाडौं ।
प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटको सुनुवाइ गर्न बसेको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि प्रश्न उठेपछि अरू दुई न्यायाधीश अलग्गिएका छन् भने दुई न्यायाधीशले इजलास छोड्न अस्विकार गरेका छन् ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलास नछोड्ने भएका हुन् । दुबै न्यायाधीशले उक्त मुद्दा र प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दाको सार्थक सरोकार नभएको भन्दै आफूहरू इजलासबाट नबाहिरिने निर्णय गरेका छन् ।
उनले संसद विघटनको मुद्दा नेकपा विवादकै मुद्दाको उपउत्पादन रहेको ठहर पनि गरेका छन् । ‘यस अदालतबाट गत फागुन २३ मा अन्तिम आदेश भएको रिट र हालको रिट निवेदनहरुमा उल्लेखित पक्ष, विपक्ष र विषयवस्तुलाई नियालेर हेरेमा सो फैसलाको उपउत्पादन हामी समक्ष प्रस्तुत विवादहरु हुन् भन्ने निष्कर्षमा जो पनि पुग्न सक्छ’ उनी हरुले दिएको रायमा उल्लेख छ ।
श्रेष्ठ र केसीले नबाहिरिने भनेपछि न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले भने आफूहरू अलग हुने निर्णय गरेका छन्।