प्रदेश १ मा बादल, बाँकी ठाउँको मौसम सामान्यतया सफा

१९ जेठ ७८, बुधबार

१९ जेठ, काठमाडौं ।

Advertisement

अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।

प्रदेश १ का केही ठाउँमा भने बादल लागेको र बाँकी ठाउँको मौसम सफा रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए ।

Advertisement

भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापीय क्षेत्रका कारण प्रदेश १ का केही ठाउँमा बादल लागेको र स्थानीय वायुका कारण अरु केही ठाउँमा सामान्य बादल लागे पनि अहिले देशमा पानी पार्ने उल्लेख्य प्रणाली नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अझै केही दिन ठूलो पानी पार्ने खालको मौसमी प्रणाली आउने सम्भावना कम रहेको मौसमविद् शाक्यले बताए । प्रदेश १ का केही ठाउँमा भने सामान्य पानी पर्ने देखिएको छ ।

Advertisement

प्रि–मनसुनको समय भएकोले दिउँसोपछि केही ठाउँमा बादल आएर सामान्य पानी पर्ने सम्भावना भने रहिरहने महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top