रियलको मुख्य प्रशिक्षकमा एन्सेलोटी

रियलको मुख्य प्रशिक्षकमा एन्सेलोटी

१९ जेठ, काठमाडौँ ।

स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षकमा कार्लो एन्सेलोटी नियुक्त भएका छन् ।

जिनेदिन जिदानले प्रशिक्षकबाट राजीनामा दिएपछि रियलले आफ्नो पुर्व प्रशिक्षक तथा इंग्लिस क्लब एभर्टनका एन्सेलोटीलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

६१ वर्षीय एन्सेलोटीले रियलसँग तीन वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२४ सम्म रियलमा रहने छन् ।

फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट २०१३ मा रियल आएका एन्सेलोटीले २०१५ सम्म टिम सम्हालेका थिए । उनले रियलबाट २०१४ मा च्याम्पियन्स लिग, कोपा डेल रे, सुपर कोपा र फिफा क्लब विश्वकप जितेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.