नवलपरासी : सीजी उद्योगमा लागेको आगो पाँच घण्टामा नियन्त्रणमा आयो

१८ जेठ ७८, बुधबार

१९ जेठ, नवलपरासी ।

बर्दघाट– सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग परिसरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

बुधवार बिहान साढे आठ बजेको समयमा उद्योग परिसरभित्रको सीजी ब्रुअरीमा लागेको आगो झन्डै पाँच घण्टामा पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।

Advertisement

नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात वटा दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप कुमार गिरीले बताए ।

सीजी ब्रुअरीको गोदाम घरमा लागेको आगो नियन्त्रणका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो । आगो नियन्त्रणमा लिन र बढ्दै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घरको भित्तासमेत भत्काएर आगो नियन्त्रणमा लिइएको डीएसपी गिरीले जानकारी दिए ।

आगलागीबा​ट तयारी अवस्थामा रहेको बियर, अन्य पेय पदार्थ, उत्पादनका लागि राखिएका कच्चा पदार्थ लगायतका सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । विद्युत् शर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

आगलागीबाट के–कति क्षति भयो भन्ने यकिन विवरण नआइसकेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top