×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

डेंगुरोग सार्ने लामखुट्टेको बासस्थानको खोजी

१३ असार २०७५

चितवन, असार १३

डेंगु रोगबारे जानकारी भएर पनि यो रोग निम्त्याउने लामखुट्टे नियन्त्रणमा समुदायको पर्याप्त ध्यान पुग्न सकेको छैन ।

Advertisement
Advertisement

घर वरपर भाँडोमा पानी जमेर डेंगुरोग सार्ने लामखुट्टे हुर्कंदासमेत सरसफाइमा स्थानीय सचेत नभएको स्वास्थ्यकर्मीले बताएका छन् ।

रोग नियन्त्रणका लागि सचेतना कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वास्थ्यकर्मी यसतर्फ जनस्वास्थ्य कार्यालयले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले स्थानीय सचेत हुन नसकेको भन्दै जनस्वास्थ्य कार्यालयको ध्यानाकर्षणसमेत गराएका छन् ।

मुख्यगरी घर वरपर जमेको सफा पानीमा डेंगु सार्ने लामखुट्टेका लार्भा हुर्कने र लामखुट्टे बन्ने गर्छ । यस्ता भाँडा र टायरको बट्टामा पानी जम्न दिनु हुँदैन भन्ने जानकारी हुँदाहुँदै पनि सरसफाइमा स्थानीय समुदाय सचेत नभएको महिला स्वास्थ्य स्वयंसेविका शुभद्रा श्रेष्ठ बताउँछन् ।

“मानिसको सोचमा परिवर्तन आएको छैन, सबै काम स्वयंसेविका र जनस्वास्थ्य कार्यालयले गर्दिए हुन्थ्यो भन्छन्, आफ्नो अनुभव सुनाउँदै श्रेष्ठले भने, “अब उनीहरुको घर पनि हामीले सफा गर्दिने हो र ?”

रोगबारे सचेतना जगाउने, जानकारी दिने र सावधानी अपनाउने विषयमा जानकारी दिइने काम स्वास्थ्य स्वयंसेविकाको हो तर आफूहरुले भनेको धेरैजसोले नमान्ने गरेको गुनासो स्वयंसेविकाको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले सरसफाइ गर्नुभन्दा नमान्नेलाई तुरुन्त जानकारी दिन स्वयंसेविकालाई आग्रह गरे ।

विगतमा जनस्वास्थ्यका कर्मचारी देखिनेवित्तिकै यहाँ सफा गर्नु प¥यो भनेर भन्ने गरेको तीतो अनुभव सुनाउँदै केसीले पछिल्लो समयमा भने उनीहरुलाई नै सफा गर्न लगाउने गरेको बताए।

विगतमा हाम्रो घरमा पनि टायर छ, सफा गरिदिनुप¥यो भनेर फोन आउने गरेको अनुभव उनले सुनाए ।

भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जीवन श्रेष्ठ स्वास्थ्यकर्मीको काम नै सचेतना फैलाउने भएको भन्दै यसतर्फ स्वयंसेविकाले चुस्त भएर काम गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले भने, “यो रोगबारे स्थानीयमा विगतभन्दा सचेतना बढेको हो ।”

चितवनमा यो आर्थिक वर्षमा ५८ जनामा डेंगु रोग देखिएको छ । डेंगु फैलन सक्ने भन्दै जनस्वास्थ्य कार्यालय चितवनले अहिले लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालेको छ ।

आजदेखि भरतपुर महानगरपालिकामा डेंगु सार्ने लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्न थालिएको छ ।
रासस

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top