भारतले डिसेम्बर भित्रमा सबै वयस्कलाई कोरोना विरुद्धको खोप लगाउने

२३ जेठ, एजेन्सी ।

भारतले आउँदो डिसेम्बर भित्रमा सबै वयस्क मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने दाबी गरेको छ । भारतको स्वास्थ्य मन्त्रालयले आउँदो अगस्ट महिनादेखि प्रति महिना ४० करोड डोज खोप दिएर डिसेम्बरसम्ममा सबै मानिसलाई खोप लगाइसक्ने दाबी गरेको बीबीसीले जनाएको छ ।

पाँच महिनामा एक सय आठ करोड मानिसका लागि दुई सय १६ करोड डोज खोप आवश्यक पर्ने र त्यो जुटाउन भारत सरकार सक्षम रहेको मन्त्रालयको दाबी छ ।

अगस्टदेखि डिसेम्बर महिनामा ७५ करोड डोज कोभिशिल्ड, ७५ करोड डोज कोभ्याक्सिन र जोनोवा, स्पुतनिक लगायतका खोप ६० करोड डोज उपलब्ध हुने मन्त्रालयले जनाएको छ ।

गएको जनवरी १६ तारिखदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको भारतले अहिलेसम्म २२ करोड डोज खोप लगाएको छ । भारतमा कुल जनसङ्ख्याको झण्डै चार दशमलव दुई प्रतिशत मानिसले खोप लगाइसकेका बताइएको छ ।

अप्रिल महिनामा दैनिक औसतमा दैनिक ४० लाख डोज खोप दिएको भारतमा अहिले दैनिक २३ लाख डोज हाराहारीमा खोप लगाइरहेको छ ।अहिले खोप लगाउने दर घटिरहेकाले डिसेम्बरसम्ममा सबैले खोप लगाउन कठिन हुने विज्ञहरुले बताएका बीबीसीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top