वाग्मती, प्रदेश-१, २ र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना, गर्मी उस्तै रहने

२४ जेठ ७८, मंगलबार

२५ जेठ, काठमाडौं ।

आज प्रदेश–१, २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले प्रदेश–१, २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

आज निरन्तर लामो समय पानी पर्ने सम्भावना भने नरहेको उनले बताए । आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने देखिएको छैन ।

तर प्रि–मनसुनको समय भएकाले केही ठाउँमा केहीबेर ठूलो पानी र धेरै ठाउँमा सामान्य पानी पर्ने सम्भावना भने रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि गर्मी कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो भैरहवाको तापक्रम झण्डै ४० डिग्री सेल्सियसमा पुग्यो भने नेपालगञ्ज, धनगढी, जनकपुरलगायतका ठाउँमा पनि तापक्रम ३८ डिग्री भन्दा उकालो लागेको थियो ।

आज पनि तापक्रम हिजोको जस्तै रहेर गर्मी कायमै रहने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

आज काठमाण्डौ उपत्यकाको तापक्रम अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको उनले बताए । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव पाँच डिग्री सेल्सियस रहेको थियो ।

भर्खरको समाचार

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

सम्बन्धित समाचार

Scroll to Top