बजेटका भनिएका कार्यक्रम कार्यान्वयन हुन्छ : अर्थ मन्त्री पौडेल

२५ जेठ, काठमाडौं ।

Advertisement

उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दाबी गरेका छन् ।

बजेटका बारेमा द्विविधा र अन्योल नराख्न अनुरोध गर्दै मन्त्री पौडेलले साउन १ गतेदेखि बजेट कार्यान्वयनलाई द्रुत गतिमा अघि बढाउन आवश्यक पर्ने कार्यविधि चालु आर्थिक वर्षको असार मसान्तभित्र तयार गरिसक्ने जानकारी दिए ।

Advertisement

अनेरास्ववियु नेपालको ध्यानाकर्षण पत्र बुझ्दै उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका सामुदायिक विद्यालय र क्याम्पसको पूर्वाधार तीन वर्षभित्र निर्माण गरिसक्ने जानकारी दिए ।

अनेरास्ववियुले बजेटमा स्नातक वा स्नातक भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत ब्याज दरमा २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने, सार्वजनिक विद्यालयका कक्षा पाँचसम्मका सबै बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरू आएको भन्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

Advertisement

आजै नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सव कार्यक्रममा अर्थ मन्त्री पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रूपमा लिइएको बताए ।

अर्थ मन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गर्न तथा कमी, कमजोरी हटाइ बोर्डलाई गतिशील बनाउन पनि निर्देशन दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top