कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ

१४ असार ७५, बिहीबार

मोरङ, असार १४
मोरङको मिक्लाजुङ गाउँपालिका ७ की शान्ति राई तामाङको हत्याका फरार आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।घटनाकाे अनुसन्धान तथा घटनामा संलग्न मानिसहरुको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका ७ बस्ने ३० वर्षीय हिकबहादुर बस्नेतलाई बुधबार विशेष सुराकी परिचालन गरी पक्राउ गर्न सफल भएको हो।

Advertisement

मिति २०७४।११।२० गते मोरङ्ग मिक्लाजुङ–७ स्थित ग्यांग्री खोलामा तामाङ्गको विभत्स हत्या गरी फ्याँकिएको अवस्थामा अवस्थामा शव फेला परेको थियो।प्रहरी अनुसन्धानबाट मिति २०७४।११।१९ गते राती मिक्लाजुङ्ग–७ स्थित कमल बोहराको घरबाट चिन्ता (धामी) बसेको हेरेर फर्कदै गरेकी शान्तिलाई मदिरा सेवन गरी फर्कदै गरेका हिकबहादुरले बेलगौडे भन्ने स्थानमा भेटी संगै खैनी, चुरोट खाएको र घरसम्म र्पुयाई दिन्छु भनि बाटोमा पर्ने मिक्लाजुङ ७ स्थित ग्यांग्री खोलामा बलात्कार पश्चात ढुंगाले प्रहार गरी विभत्स हत्या गरेको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

पक्राउ परेका बस्नेतलाई मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top