मेलम्ची सुरुङको निरीक्षण थालिने

३० जेठ, काठमाडौं ।

काठमाडौँ उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको हो ।

सुरुङमा तीन महिना पानी बगिसकेपछि पुनः परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गरिने भएको हो । सुरुङमा पानी सुकाएपछि विज्ञहरूले सुरुङको निरीक्षण र परीक्षण गर्नेछन् ।

विज्ञहरूको निरीक्षण प्रतिवेदनका आधारमा थप काम गर्नुपर्ने पनि हुनसक्ने समितिका सूचना अधिकृत राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनले भने , “असार १ गतेदेखि सुरुङमा पानी सुकाएर सबै निरीक्षण गर्दैछौँ । यो पूर्वकार्यतालिका बमोजिम नै हो।”

उनका अनुसार सुरुङ परीक्षण गर्न करिब १५ दिन लाग्ने छ । निरीक्षणपछि सबै कुरा ठीक रहे फेरि सुरुङमा पानी भर्न १५ दिन लाग्ने छ । सामान्य अवस्थामा ४५ दिनमा सबै काम पूरा हुनेछ । विज्ञहरूले समस्या देखे भने वा थप सुझाव दिए भने अरू काम गर्नुपर्ने पनि हुन सक्छ नत्र सामान्य अवस्थामा करिब ४५ दिनमा सकिने छ ।

वर्षात्मा पानीको अभाव कम हुने भएकाले असार र साउनमा सुरुङ परीक्षणका लागि कार्यतालिका बनाइएको पन्तले जानकारी दिए । मेलम्चीको पानी नआएको यो अवधिमा काठमाडौँ उपत्यकामा पानीको अभाव हुन नदिन बागमती नदीको पानी प्रशोधन गरेर दैनिक चार करोड लिटर उत्पादन गर्ने तयारी भइरहेको समितिले जनाएको छ।

दोस्रो आयोजनाअन्तर्गत याङ्री र लार्के खोलाको पानी पनि मेलम्चीकै सुरुङबाट काठमाडौँ उपत्यका भित्रायाउन थप पूर्वाधार निर्माणका काम भइरहेका छन् ।

हाल मेलम्चीदेखि याङ्री खोलाको हेडवक्र्स निर्माण स्थलसम्मको सडक निर्माण भइरहेको छ । २५ किलोमिटर यो सडकमध्ये १५ किलोमिटर पहिल्यै ट्र्याक खोलिएको थियो भने अन्य काम अहिले भइरहेको पन्तले जानकारी दिए ।

आर्थिक वर्ष २०७७÷७८ मा याङ्री र लार्के खोला आयोजनाका लागि तीन अर्ब ८१ करोड रुपियाँ विनियोजन गरिएको थियो । पहुँचमार्ग निर्माणमा ढिलाइ भएकाले टेन्डर प्रक्रियामा समेत जान नसकेपछि सो रकम खर्च भएको छैन । आगामी आर्थिक वर्षमा यसका लागि दुई अर्ब ९७ करोड रुपियाँ विनियोजन भएको छ ।

करिब २५ अर्ब रुपियाँ लागत अनुमान गरिएको याङ्री र लार्के खोला आयोजनाका लागि लगानीकर्ताको पहिचान हुन नसक्दा पनि ढिलाइ भएको समितिले जनाएको छ ।

पहुँचमार्ग आगामी वर्षसम्म सम्पन्न भए अर्को वर्ष खरिद प्रक्रियामा जान सकिने समितिको दाबी छ । मुआब्जा वितरणको काम पनि अन्तिम चरणमा पुगेकाले पहुँचमार्ग सम्पन्न हुनासाथ काम सुरु गर्न सकिने छ । कुन प्रविधिबाट सुरुङ खन्ने भन्ने कुराले पनि समयको निर्धारण गर्ने छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top