विद्युतीय सवारीमा लगानीकर्ता उत्साहित

२९ जेठ ७८, आइतबार

३० जेठ, काठमाडौं ।

Advertisement

आर्थिक वर्ष २०७८÷७९ को बजेटले विद्युतीय सवारी साधनलाई अन्तःशुल्क खारेज र कर छुट गरेपछि व्यवसायीहरू लगानी गर्न उत्साहित भएका छन् ।

अन्तःशुल्क खारेजसँगै, अनुदानको व्यवस्था पनि हुने भएपछि सार्वजनिक तथा निजी विद्युतीय सवारी साधनको वृद्धि हुने दाबी व्यवसायीको छ ।

Advertisement

विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भने , “यसपालि विद्युतीय सवारी साधनमा निकै सहज हुनेगरी सरकारले दिनसक्ने जति सुविधा दिएको छ । अब कार्यान्वयन पक्ष राम्रो हुनुपर्छ ।”

बजेटमा काठमाडौँ उपत्यकाभन्दा बाहिर बुटवल, पोखरा, चितवन, विराटनगर, इटहरी, कोहलपुरलगायतका प्रमुख सहरमा पनि विद्युतीय बस सञ्चालन गरिने नीतिगत व्यवस्था गरिएको छ ।

Advertisement

अध्यक्ष थापा भन्छन् , “आवश्यक राहत सहुलियतको व्यवस्था भएको छ । कर छुट भएको छ, पहिला २६ लाख पर्ने कार अब १८ लाख रुपियाँसम्ममा पाउन सकिन्छ चार्जिङ स्टेसन निर्माणको थालनी, चार्जिङ शुल्क निर्धारण गरी पूर्वाधारका काम पनि सुरु भएकाले आगामी वर्षमा विद्युतीय सवारी साधनको सङ्ख्या निश्चित बढ्ने उनको भनाइ छ ।

निषेधाज्ञा खुलेपछि सुन्दर यातायातले एसेम्बल प्लान्ट राख्ने र विद्युतीय बस पनि थप्ने योजना बनाएको छ । एसेम्बल प्लान्टका लागि रुपन्देहीको सैनामैना नगरपालिकामा १० बिघा जग्गाको व्यवस्था भइसकेको अध्यक्ष थापाले जानकारी दिए ।

सुन्दर यातायातले थप २५ वटा सार्वजनिक विद्युतीय बस चीनबाट ल्याउने जनाएको छ । ती बस कोलकाता आइसकेको र कोरोना महामारीका कारण रोकिएको थापाको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top