गैर–मधेशीलाई पनि मन्त्री बनाउन मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुख झाको पत्र

३० जेठ ७८, आइतबार
Share this
774shares

३० जेठ, धनुषा ।

Advertisement

प्रदेश नम्बर २ का प्रमुख राजेश झा अहिराजले मन्त्रिपरिषद् समावेश बनाउन भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई पत्र पठाएका छन् ।

सरकार गठनका क्रममा गैर–मधेशी (पहाडे) हरूलाई पनि समावेश गर्न भन्दै प्रदेश प्रमुख अहिराजले मुख्यमन्त्री राउतलाई पत्र पठाएका हुन् ।

Advertisement

पत्रमा मन्त्रिपरिषदमा पहाडी मूलकालाई पनि समावेश गराउन, महिला, मधेशि र दलित सबैलाई उत्तिकै प्राथमिकता दिन आग्रह गरिएको छ ।

संविधानले महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत मुस्लिम, पिछडा वर्ग, यौनिक अल्पसङ्ख्यक, युवा, किसान, श्रमिक आदिको समावेशिता अनिवार्य गरिनुपर्ने व्यवस्था भएको भन्दै प्रदेश प्रमुख झाले मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

यस्तै प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू प्रदेश सभाको सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था रहेकोमा प्रदेश सभाको गठन विधि नै समावेशी समानुपातिक सिद्धान्तमा आधारित रहेको पत्रमा भनिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top